काँग्रेस सभापति देउवा लाई कारवाही गर्न सदस्य बजगाँइको माग


गोरखा खबर
  • बिहिबार, चैत्र १४ २०७५

  • गोरखाखबर(गोरखा,१४चैत) । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा माथी महासमिति सदस्य राजेन्द्र बजगाँइले पार्टी विधान अनुसार हदै सम्म कारवाहीको माग गरेका छन । सभापति देउवा माथी कारवाहीको माग गर्दै महासमिति सदस्य बजगाँइले पार्टीको केन्द्रीय अनुशासन समितिमा उजुरी दर्ता गराएका हुन ।

    उनको उजुरी ११५ नम्वरमा बिहीवार दर्ता भएको हो । दोस्रो संविधानसभाबाट पहिलो बनेको पार्टी र त्यस नेतृत्वमा महाप्रस्थानको आधा गन्तव्य बाटै प्रात स्मरणीय श्रद्धेय सुशील कोइराला ज्यू जिम्मा लगाइएको पार्टीको शर्मनाक हार गराएको आरोप उजुरी सभापति देउवा माथी छ । महासमिति सदस्य बजगाँइले दर्ता गराएको सभापति देउवा विरुद्धको उजुरीमा भनिएको छ –“नेपाली काँग्रेसका संसदीय तथा प्रमुख प्रतिपक्ष दलका नेता माननीय शेरबहादुर देउवाले सम्माननीय खड्ग प्रसाद ओली नेतृत्वको सरकारले प्रस्तुत गरेको निति तथा कार्यक्रम सर्वसम्मतिले पारित गर्न किन दिनुभयो ?यसबाट संसदीय मर्यादामा चोट मात्र पुगेन की सिङ्गो पार्टी शाख गिरेको छ । यसकारण माननीय श्री शेरबहादुर देउवा माथी कारवाही नेपाली काँग्रेसको विधान अनुसार हदै सम्म गरियोस् भनी माग गर्दछु ।”

    बजगाँई गोरखाको भीमसेन थापा गाउँपालिकाका बासिन्दा हुन । महासमिति सदस्य बजगाँई गत प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा गोरखा क्षेत्र नं १ को प्रदेश ख मा नेपाली काँग्रेसको तर्फबाट उम्मेवार बनेकोमा पराजित भएका थिए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार