गोरखा दरबार केन्द्र सरकार मातहत


गोरखा खबर
  • शुक्रबार, चैत्र ८ २०७५

  • गोरखाखबर(गोरखा,८चैत) । ऐतिहासिक गोरखादरबार र गोरखा संग्रहालय संघीय सरकार मातहत हुने भएको छ ।

    मन्त्रीपरिषदको २०७५ चैत ४ गते सोमवार बसेको बैठकले गोरखादरबार हेरचाह अड्डा , गोरखा संग्रहालय र मनकामना क्षेत्र विकास समिति लाई संघ अन्र्तगत राख्ने निर्णय गरेको हो ।

    सोही बैठकले नुवाकोट दरबार,संग्रहालय,हलेसी महादेवस्थान विकास समिति पनि संघ अन्र्तगत नै राख्ने निर्णय गरेको छ । तर पाल्पा दरबार संग्रहालय लाई प्रदेश नं ५ अन्र्तगत र शहिद स्मृति प्रतिष्ठान ,थानकोट लाई प्रदेश नं ३ अन्र्तगत राख्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार