गोरखाखबर(गोरखा,२८ फागुन)। मनकामना केबलकार बिहीवार र शुक्रवार बन्द हुने भएको छ ।
नियमित मर्मत सम्भारका लागि यही २०७५ फागुन ३० गते बिहीवार र चैत १ गते शुक्रवार बन्द गर्न लागेको केबलकार सञ्चालक संस्था मनकामना दर्शन प्रा.लि.ले जनाएको छ ।
मनकामना दर्शन प्रालिले सार्वजनिक सुचना जारी गरेर यात्रुमा पर्न जाने असुविधा प्रति क्षमा माग्दै चैत २ गते शनिवार देखि केबलकार पुन नियमित रुपमा सञ्चालन हुने जनाएको छ ।