गोरखाबजारमा पनि ठडियो प्रथम शहिद थापाको शालिक


गोरखा खबर
  • बिहिबार, फाल्गुन २ २०७५

  • गोरखाखबर(गोरखा,२ फागुन) । गोरखाबजारको अस्पतालचोकमा नेपालका प्रथम शहिद लखन थापाको शालिक स्थापना गरेको छ । गोरखा नगरपालिकाको ५ लाख सहयोग सहित लखन थापा स्मृति प्रतिष्ठान ११ लाख रुपियाँको लागतको प्रथम शहिद थापाको अर्धकदको शालिका निर्माण गरेको हो ।

    १४२ औं लखन थापाको स्मृति दिवसको अवसर पारेर गोरखाबजारमा स्थापना गरेको शालिकको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले अनावरण गरे । अनावरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङ्ग आगामी वर्ष देखि प्रथम शहिद लखन थापाको स्मृति दिवस सरकारले प्रदेशभरी मनाउने घोषणा गरे ।

    यसैबीच संघीय सांसद हरिराज अधिकारीको प्रमुख आतिथ्यतामा प्रथम शहिद थापाकै थलो शहिद लखनथापा गाउँपालिका वडा नं १ काउलेभङ्गारमा पनि गाउँपालिकाकाृ आयोजनामा स्मृति सभा सम्पन्न भएको छ ।जहाँनिया राणाशासनको विरुद्ध संगठित विद्रोह गरेवापत लखन थापा र उनका सहयोगी जयसिंह चुमीमगर लाई उनकै गाउँ गोरखाको बुंकोट काउलेभङ्गारमा वि.सं.१९३३ फागुन २ गते राणा शासकहरुले मृत्युदण्ड दिएको इतिहास छ । २०७२ असोज ३ गते लखन थापामगर लाई सरकारले नेपालको प्रथम शहिद घोषणा गरिसकेकोछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार