गोरखाखबर(गोरखा,९माघ)। मौसममा आएको अचानक परिवर्तन संगै गोरखाको दुर्गम विभिन्न ठाउँमा हिमपात भएको छ ।
गोरखाको उत्तरी दुर्गम चुमनुब्री गाउँपालिकोे सामागाउँ, छेकम्पार ल्हो ,विही, प्रोक र धार्चे गाउँपालिका अन्र्तगत लाप्राकको गुप्सीपाखामा हिउँपरेको हो ।

उक्त क्षेत्रमा बुधवार बिहानै देखि परेको हिउँ १ फिट भन्दा बढी जमेको गोरखा छेकम्पारका स्थानीय सोनाम पाल्जोर लामाले जानकारी दिए । हिउँ परेको कारण चिसो बढेकोले जनजीवन कष्टकर बनेको छ ।

हिउँ परेर चिसो बढेपछि स्थानीय घरभित्रै बसेका छन । गोरखाको अन्य भेगमा भने वर्षा भएको छ । हिउँ परे पछि खेतीबाली राम्रो हुने भएकोले स्थानीय खुशी भएका छन ।
तस्वीर सौजन्य : सोनामा पाल्जोर लामा र मनि गुरुङ्ग