गोरखाखबर( गोरखा,२ माघ) । माघे संक्रान्तीको अवसरमा गोरखाको विभिन्न ठाउँमा गोरु जुधाई प्रतियोगिता तथा मेला सम्पन्न भएको छ । यस वर्ष गोरखाको आरुघाट र घैरुङ्ग गोरु जुधाई प्रतियोगिता सम्पन्न भएको हो । गोरखाको घैरुङ्गमा स्थानीय हिमालय देवी क्लबले आयोजना गरेको माघे संक्रान्ती मेला तथा गोरु जुधाई प्रतियोगिताको एक समारोह बीच गण्डकी प्रदेशका कृषि मन्त्री लेख बहादुर थापाले उद्घाटन गर्नुभयो । गोरखाको घैरुङ्गमा १० हल गोरु जुधाईएको थियो ।
घैरुङ्गमा माघे संक्रान्ति मेला र गोरु जुधाई यस्तो थियो ।(फोटो फिचर)



