यिनै हुन बाबुले जुत्ता सिलाएर बनाएका डाक्टर छोरा, भन्छन ‘काम गर्न के को लाज ?’ (भिडियो)


गोरखा खबर
  • बिहिबार, कार्तिक १५ २०७५

  • काठमाडौ: काठमाडौको फुटपाथमा जुत्ता चप्पल सिलाएर नै जिवनयापन गर्दै आएका झरोखीराम जसले काठमाडौलाई धेरै नजिकबाट नियालेका छन्। झट्ट हेर्दा तराइ मुलका देखिने झरोखीराम भने नेपाली होइनन, उनि १७ बर्षका उमेरमा काठमाडौ छिरेका भारत दरभंगाका बासिन्दा हुन्।

    सन् १९६८ मा दरभंगाबाट काकासँग काठमाडौ छिरेका झरोखिराम विगत पचास बर्षदेखी फाटेको जुत्ता र ब्याग सिलाएर नै गुजारा चलाइरहेका छन्। काठमाडौका अधिकांश मानिसहरुले उनलाई चिन्छन र एक विश्वासिलो पात्र बनिसकेका छन्।

    विगत पचास बर्षदेखी नेपालमै बस्दै आएका झरोखिराम भने अहिलेपनि भारतीय नागरिक नै हुन्। धेरै मानिसले उनलाई नेपाली नागरिकता लिन सुझाव दिएपनि उनले लिएनन्। अहिलेपनि उनीसंग भारतीय नागरिकता नै रहेको छ। बर्ष दिनमा १/२ पटक गाउँ फर्किएर पुनः कर्मथलो नेपाल नै फर्किन्छन झरोखिराम।

    नेपालमै आफ्नो जीवन बिताइसकेका झरोखिराम भन्छन, “नेपाल त स्वर्ग हो हजुर” मलाई मेरो देश भन्दा पनि धेरै माया लाग्छ र यहाँका मानिसहरु धेरै मिलनसार छन्। फाटेको जुत्ता चप्पल सिलाएर नै आफ्नो सन्तानलाई डाक्टर बनाउने झरोखिराम संग गरिएको प्रेरणादायी यो भिडियो संवाद हेर्नुहोस:

    प्रतिक्रिया

    सम्बन्धित समाचार