एजेन्सी– भूत भन्ने बितिकै धेरैको सात्तो जाने गर्छ। तर बेलायतमा भने भूतसँग विवाहको तयारी गर्दै गरेकी महिला भेटिएकी छिन्। बेलायतकी एमेथिस्ट रिलम आफूले ११ वर्षमा लगभग २० भूतसँग शारीरिक सम्बन्ध स्थापित गरेको बताउने गर्छिन्।
बेलायतको ब्रिस्टलमा रहने एमेथिस्ट धेरै वर्ष देखि आध्यात्मिक सल्लाहकारको रुपमा बेलायतमा चर्चित रहेकी छिन्। आध्यात्मिक सल्लाहकार भन्नाले तान्त्रिक बुझ्ने गरिन्छ।
ऐमेथिस्टका अनुसार उनले भूतसँग सेक्स गर्न थालेको धेरै भैसक्यो। यस अवधिमा उनले २० भन्दा धेरै भूतसँग शारीरिक सम्बन्ध स्थापित गरिसकिन।
यी २० भन्दा धेरै भूत मध्ये उनलाई एक भूतले प्रेम प्रस्ताव राखेको थियो। लगभग ९ महिनाको सम्बन्ध पछि उक्त भूतले प्रेम प्रस्ताव राखेको उनी बताउने गर्छिन्।
भूतसँग सेक्स गर्दै आएको भएता पनि बोलि भने खासै सुन्न नपाएको उनको भनाइ रहेको छ। तर प्रेम प्रस्ताव राख्दा भने भूतले आवाज निकालेरै प्रेम प्रस्ताव राखेको ऐमेथिस्टले एक अन्तर्वार्ताको क्रममा बताएकी छिन्।
आफ्नो अनुभव सुनाउँदै ऐमेथिस्ट भन्छिन्,” मैले पहिलो पटक भूतसँग सेक्स त्यस बेला गरे जब मेरो पति सहर देखि बाहिर गाएका थिए। भूतहरुलाई आकर्षित गर्नको लागि घरमा एक्लै हुँदै उत्तेजित कपडा लगाउने गर्थें।”