महिलाको घाँटी रेटी-रेटी हत्या गर्ने हत्यारालाई ‘भुन्टी’ कुकुरले पक्राएपछि…


गोरखा खबर
  • बिहिबार, कार्तिक १५ २०७५

  • काठमाडौँ– असोज २५ गते घरभित्रै मृत अवस्थामा फेला परेकी ५० वर्षीया केवली नेपालीको हत्यारा पत्ता लागेका छन्। मृत अवस्थामा आफ्नै घरमा फेला परेकी नेपालीको घाँटीमा धारिलो हतियारले रेटिएको थियो।

    नेपाली सल्यानको शारदा नगरपालिका वडा नं. ८ सिमखर्क निवासी रहेकी थिइन्। घरमा चोरी गर्न आएका युवाले नै महिलाको हत्या गरेको पुष्टि भएको छ।

    लगभग २० दिन जति लगाएर गरिएको अनुसन्धान पछि चोरी गर्न आएका सोहि ठाउँ निवासी १९ वर्षीय बच्चु र राजु भनेर चिनने वीरबहादुर बस्नेतलेनै गरेको पुष्टि भएको हो।

    घटनास्थलमा ‘भुन्टी कुकुर’ लाई जिल्ला प्रहरी कार्यालय सल्यानले झिकाएर अनुसन्धान शुरु गरेको थियो। ‘भुन्टी’ कै सहयोगमा असोज २६ गते बेलुका नै वीरबहादुरलाई पक्राउ गरिएको थियो।

    हत्या पछि वीरबहादुर सुत्नको लागि आफ्न घर नगएर फूपुको घरमा सुतेको पुष्टि भएको छ। वीरबहादुर गएको बाटो ‘भुन्टी’ले सठिक पहिलाएको थियो।

    प्रहरी हिरासतमा हुँदा वीरबहादुरले चक्कुले घाँटी रेटेर हत्या गरेको स्वीकार गरेका हुन्। नेपालीको घरमा पैसा चोर्न जाँदा पैसा नदिएको कारण हत्या गरेको वीरबहादुरले स्वीकार गरेपछि पिडितले न्याय पाउने बाटो खुलेको जिल्ला प्रहरी कार्यालय सल्यानको भनाइ रहेको छ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार